काठमाडौं । किया नेपालले अल न्यु किया के३ सेल्टोस नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एक कार्यक्रमको आयोजना गर्दै उक्त एसयूभी गाडी सार्वजनिक गरेको हो । कियाको नयाँ के३ प्लेटफर्ममा निर्मित अल न्यु किया के३ सेल्टोसमा ठूलो र बलियो वडी संरचना भएको गाडी रहेको कम्पनीको दाबी छ ।
जसले थप फराकिलो क्याबिन, उच्च स्तरको आराम र परिष्कृत ड्राइभिङ अनुभव प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । साथै, भारतमा रहेको कियाको अत्याधुनिक प्लान्टमा निर्मित यो मोडल विश्वका ९० भन्दा बढी देशमा निर्यात हुँदै आएको छ ।
यो नयाँ एसयूभीमा लेभल २ एडिएस, २१ वटा स्ट्यान्डर्ड सुरक्षा सुविधा, ६ वटा एयरब्याग, प्यानोरामिक डिस्प्ले र प्यानोरामिक सनरुफ जस्ता सुविधा दिइएका छन् । जसले यसलाई आफ्नो सेगमेन्टकै सबैभन्दा धेरै सुविधायुक्त एसयूभीमध्ये एक बनाएको छ ।
अल न्यु किया के३ सेल्टोसले ८१ मा ७६।७ अंक प्राप्त गर्दै फाइभ–स्टार बीएनसीएपी सुरक्षा रेटिङ हासिल गरेको छ, जुन यस सेगमेन्टकै उत्कृष्ट सुरक्षा स्कोरहरूमध्ये एक हो । कम्पनीका अनुसार अल न्यु किया के३ सेल्टोसलाई अघिल्लो पुस्ताको सेल्टोससँगै विक्री गर्ने योजना छ । जसले ग्राहकलाई विभिन्न मूल्य र विशेषताहरूका आधारमा छनोटको फराकिलो विकल्प दिने बताइएको छ ।
यो एयुभी अहिले देशभर रहेका किया नेपालका आधिकारिक डिलर नेटवर्क मार्फत उपलब्ध छ । साथै, कम्पनीले HTK (O) को ६८ लाख ९० हजार, HTK (O) IVT को ७५ लाख ९० हजार, HTX (A) IVT को मूल्य ८५ लाख ९० हजार र X-Line (A) 7DCT को मूल्य ९५ लाख ९० हजार रुपैयाँ तोकेको छ ।
वि.सं.२०८३ जेठ २९ शुक्रवार १५:५१ मा प्रकाशित



















