back
Close [x]
rudrakshaByavasayi Ad long banner

शाओमी १७टी नेपालमा बजारमा, मूल्य ८९ हजार ९९९  रुपैयाँ 

वि.सं.२०८३ जेठ २८ बिहीवार

12 

shares

काठमाडौं । शाओमीले नेपालमा आफ्नो नयाँ स्मार्टफोन शाओमी १७टी  सार्वजनिक गरेको छ । उत्कृष्ट लेइका फाइभ एक्स क्यामेरा र स्मार्ट डिस्प्लेसहित उच्च क्षमताको ब्याट्री भएको शाओमी १७टी आधुनिक प्रयोगकर्ताका लागि तयार गरिएको उन्नत स्मार्टफोन हो ।

शाओमीको अत्याधुनिक इमेजिङ प्रविधि र लेइका अप्टिक्सको संयोजनले यसमा शक्तिशाली ट्रिपल क्यामेरा प्रणाली उपलब्ध गराएको छ भने ५० मेगापिक्सेलको मुख्य क्यामेरा रहेको छ । जसले अत्यन्त स्पष्ट र उच्च गुणस्तरका तस्बिरहरू खिच्न सकिने कम्पनीको दाबी छ ।

यो स्मार्ट फोन लेइका फाइभ एक्स टेलिफोटो क्यामेरा र विशेष अप्टिकल डिजाइन तथा उच्चस्तरीय लेन्स संरचनामा आधारित छ । यसले अप्टिकल इमेज स्टेबिलाइजेसनसहित ५० मेगापिक्सेलका तस्बिरहरू खिच्न सक्छ । साथै, ३० सेन्टिमिटर दूरीबाट गरिने म्याक्रो फोटोग्राफीदेखि १० गुणासम्मको अप्टिकल स्तरको जुम र १२० गुणासम्मको एआई आधारित जुम सुविधाले नजिक तथा टाढाका दृश्यहरू सहजै कैद गर्न सकिने पनि बताइएको छ ।

यस स्मार्टफोनमा फोर के ६०फ्रेम–प्रति–सेकेन्ड सिनेमाटिक भिडियो रेकर्डिङ सुविधा पनि समावेश गरिएको छ । यसले प्राकृतिक पृष्ठभूमिलाई धमिलोपन सिर्जना गर्दै थप जीवन्त र आकर्षक दृश्य अनुभव प्रदान गर्छ । शाओमी १७टीले लाइभ मोमेन्ट सुविधा प्रस्तुत गरेको छ ।

शाओमी १७टी मा ६,५०० एमएएच क्षमताको ब्याट्री रहेको छ । जुन अघिल्लो जेनेरेशनको तुलनामा १८ प्रतिशत बढी क्षमता भएको बताइएको छ । ६७ वाट फास्ट चार्जिङ प्रविधिको सहयोगले प्रयोगकर्तालाई दिनभर पर्याप्त ऊर्जा उपलब्ध गराउँछ ।

यो स्मार्टफोन ४ न्यानोमिटर प्रविधिमा आधारित शक्तिशाली प्रोसेसर मिडिया टेक डाइमेनसिटी ८५०० अल्ट्राद्वारा सञ्चालित छ । नेपालमा शाओमी १७टी बैजनी, निलो र कालो गरी तीन आकर्षक रङमा उपलब्ध छ । १२ जीबी र्याम र ५१२ जीबी स्टोरेज भएको भेरियन्टको मूल्य ८९ हजार ९९९  रुपैयाँ तोकिएको छ । साथै, शाओमी १७टी नेपालमा खरिद गर्ने प्रत्येक ग्राहकले रेड्मी बड्स ६ प्ले ९ २ हजार ४९९ रुपैयाँ० निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।

वि.सं.२०८३ जेठ २८ बिहीवार २१:०७ मा प्रकाशित