back
Close [x]
rudrakshaByavasayi Ad long banner

वायुसेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठ नियुक्त

वि.सं.२०८३ असार ३० मंगलवार

12 

shares

काठमाडौं । नेपाल वायुसेवा निगम सञ्चालक समिति अध्यक्षमा महेश्वर भक्त श्रेष्ठ नियुक्त भएका छन् ।

नेपाल सरकारको मन्त्रिपरिषद् बैठकले निगमको अध्यक्ष पदमा श्रेष्ठलाइ नियुक्त गर्ने निर्णय गरेको हो ।

निगमको समग्र व्यवस्थापन, प्रशासनिक नेतृत्व तथा संस्थागत सुधारका कार्यलाई प्रभावकारी बनाउन उनको भूमिका हुने बताइएको छ ।

नेपाल वायुसेवा निगमले पछिल्ला वर्षहरूमा वित्तीय अवस्था सुधार, सेवा विस्तार, जहाज व्यवस्थापन, अन्तर्राष्ट्रिय उडान सुदृढीकरण तथा संस्थागत पुनर्संरचनाजस्ता चुनौतीहरूको सामना गर्दै आएको छ ।

यस्तो अवस्थामा नेतृत्व तहमा गरिएको नयाँ व्यवस्थाबाट निर्णय प्रक्रिया थप प्रभावकारी हुने र संस्थाको कार्यसम्पादनमा सकारात्मक प्रभाव पर्ने अपेक्षा सरकारले गरेर नियुक्त गरिएको बुझिएको छ ।

श्रेष्ठले अध्यक्षको जिम्मेवारीसँगै निगमको दैनिक प्रशासन, रणनीतिक योजना कार्यान्वयन, सेवा गुणस्तर अभिवृद्धि तथा सञ्चालन व्यवस्थापनको प्रत्यक्ष नेतृत्व गर्नेछन् ।

वि.सं.२०८३ असार ३० मंगलवार २१:२० मा प्रकाशित