back
Close [x]
rudrakshaByavasayi Ad long banner

धुमधामले मनाइयो ताप्लेजुङमा रोपाइँ जात्रा (फोटोफिचर)

वि.सं.२०८३ भदौ २४ बुधवार

15 

shares

काठमाडौं । परम्परागत संस्कृति र मौलिक पहिचानसँग जोडिएको रोपाइँ जात्रा ताप्लेजुङमा यस वर्ष पनि धुमधामका साथ मनाइएको छ । जिल्लाको सदरमुकाम फुङ्लिङसहित आसपासका क्षेत्रमा स्थानीयवासीको उत्साहजनक सहभागिताबीच जात्रा मनाइएको हो ।

धान रोपाइँ सकिएपछि मनोरञ्जन, आपसी सद्भाव र सांस्कृतिक परम्पराको संरक्षण गर्ने उद्देश्यले मनाइँदै आएको रोपाइँ जात्रामा विभिन्न समुदायका मानिस सहभागी भएका थिए । जात्राका क्रममा परम्परागत भेषभूषामा सजिएका स्थानीयले नाचगान, बाजागाजा र सांस्कृतिक झाँकी प्रस्तुत गरेका थिए ।

जात्रामा विशेषगरी खेतबारीमा धान रोपाइँ गर्दाको झल्को दिने गतिविधि प्रस्तुत गरिएको थियो । सहभागीहरूलनाचगान गर्दै र एक–अर्कालाई रमाइलो शैलीमा हिलो लगाउँदै जात्राको आनन्द लिएका थिए । बालबालिका, युवा तथा वृद्धवृद्धासमेत जात्रामा सहभागी भएपछि बजार क्षेत्रमा दिनभरजसो उल्लासमय वातावरण देखिएको थियो ।

रोपाइँ जात्रालाई यहाँको कृषि जीवन, सामाजिक सम्बन्ध र स्थानीय संस्कृतिसँग जोडेर हेर्ने गरिन्छ । जात्राका क्रममा विभिन्न सांस्कृतिक प्रस्तुति तथा मनोरञ्जनात्मक कार्यक्रमसमेत आयोजना गरिएको थियो । स्थानीय कलाकार तथा युवायुवतीले गीत, नृत्य र परम्परागत प्रस्तुति दिएका थिए।

कतिपय स्थानमा मौलिक बाजागाजासहित निकालिएका झाँकीले सहभागी तथा दर्शकको ध्यान आकर्षित गरेको थियो। पछिल्लो समय आधुनिक जीवनशैली र प्रविधिको प्रभाव बढ्दै जाँदा कतिपय मौलिक संस्कृति तथा परम्परा ओझेलमा पर्न थालेका छन्।

यस्तो अवस्थामा रोपाइँ जात्राजस्ता पर्वले स्थानीय संस्कृति र सामाजिक एकतालाई निरन्तरता दिन महत्वपूर्ण भूमिका खेल्ने स्थानीय अगुवाहरू बताउँछन् । जात्रामा सहभागी स्थानीयले परम्परागत संस्कृतिको संरक्षणसँगै यसलाई पर्यटनसँग जोड्नुपर्नेमा जोड दिएका छन् । ताप्लेजुङ प्राकृतिक तथा धार्मिक पर्यटनका दृष्टिले महत्वपूर्ण जिल्ला भएकाले स्थानीय मौलिक पर्व र जात्राको व्यवस्थित प्रचारप्रसार गर्न सके जिल्लामा आउने पर्यटकलाई थप आकर्षित गर्न सकिने उनीहरूको भनाइ छ ।

वि.सं.२०८३ भदौ २४ बुधवार २०:४७ मा प्रकाशित