काठमाडौं । रिद्धि सिद्धि सिमेन्ट र सौर्य सिमेन्टले बाढीपीडितको राहत, पुनःस्थापना तथा पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।
गत भदौ १० गते भोटेकोसी नदीमा आएको भीषण बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै दुवै कम्पनीले विपद्को कठिन समयमा प्रभावित नागरिक र सरकारको साथमा रहेको आभास दिलाउँदै उक्त रकम सहयोग गरेका हुन् ।
कुल सहयोग रकममध्ये रिद्धि सिद्धि सिमेन्टले ५१ लाख रुपैयाँ र सौर्य सिमेन्टले ५० लाख रुपैयाँ प्रदान गरिएकाे बताइएकाे छ । दुवै कम्पनीको तर्फबाट रिद्धि सिद्धि सिमेन्टका अध्यक्ष शोभाकार न्यौपानेले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई १ करोड १ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका छन् ।
कम्पनीहरूले बाढीमा परी ज्यान गुमाउने सम्पूर्ण नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छ ।
बाढी प्रभावित नागरिकको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा सहयोग गर्नु सबैको दायित्व भएको उल्लेख गर्दै रिद्धि सिद्धि र सौर्य सिमेन्ट परिवारले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त सहयोग गरेको बताइएकाे छ ।
साथै, विपद्को समयमा प्रभावित नागरिकको उद्धार तथा राहतमा खटिएका उद्धारकर्मी, राहतकर्मी, सुरक्षाकर्मी, प्रशासन, स्वास्थ्यकर्मी तथा सहयोगमा जुटेका सबैप्रति दुवै कम्पनीले सम्मान तथा आभार व्यक्त गरेका छन्।
वि.सं.२०८३ भदौ २० शनिवार १०:३९ मा प्रकाशित
















