काठमाडौं । सरकारले छठ पर्वको अवसरमा थप एक दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। गृह मन्त्रालयले छठ पर्वको भोलिपल्ट अर्थात् २०८३ कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
मन्त्रालयले जारी गरेको सूचनाअनुसार २०८३ कात्तिक २९ गते आइतबार छठ पर्वका अवसरमा सरकारले यसअघि नै सार्वजनिक बिदा दिएको थियो ।
छठ पर्वमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिएपछि भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रत समापन गर्ने परम्परा रहेकाले कात्तिक ३० गते सोमबार पनि सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयले जनाएको छ।
यससँगै छठ पर्वका अवसरमा आइतबार र सोमबार लगातार दुई दिन सार्वजनिक बिदा हुने भएको छ।

वि.सं.२०८३ कात्तिक २७ शुक्रवार १५:११ मा प्रकाशित















