back
Close [x]
rudrakshaByavasayi Ad long banner

संस्कृति झल्काउँदै धूमधामका साथ मनाइँदै कुकुर तिहार

वि.सं.२०८३ कात्तिक २२ आइतवार

129 

shares

काठमाडौं। नेपालीहरूको दोस्रो ठूलो चाड तिहारको दोस्रो दिन आज कुकुर तिहार देशभर हर्षोल्लासका साथ मनाइएको छ । यस पर्वमा कुकुरलाई पूजा, सम्मान तथा मीठा परिकार खुवाएर धार्मिक एवं सांस्कृतिक परम्परालाई निरन्तरता दिदै मनाइएको हो ।

कुकुरलाई यमराजको दूत तथा मानिसको विश्वासिलो साथीका रूपमा लिने धार्मिक मान्यता छ। घरको सुरक्षादेखि विभिन्न काममा सहयोग पुर्‍याउने कुकुरप्रति सम्मान प्रकट गर्दै आज सर्वसाधारणले कुकुरलाई फूलमाला लगाइदिने, टीका लगाउने र मिठामिठा खानेकुरा खुवाउने गरेका छन् ।

यस अवसरमा सडक तथा घरपालुवा कुकुरलाई समेत माला र टीका लगाएर पूजा गर्ने गरिएको छ। विभिन्न स्थानमा बालबालिका, युवायुवती तथा सर्वसाधारणले उत्साहपूर्वक कुकुर तिहार मनाइरहेका छन् ।

कुकुर तिहारले मानव र जनावरबीचको आत्मीय सम्बन्ध, प्रेम, सद्भाव र सहअस्तित्वको सन्देश दिने गर्दछ। नेपाली मौलिक संस्कृति र परम्परासँग जोडिएको यस पर्वले पशुप्राणीप्रति दया, माया र सम्मान गर्नुपर्ने सन्देश सहित  कुकुर तिहार मनाइएको हो ।

वि.सं.२०८३ कात्तिक २२ आइतवार १०:५१ मा प्रकाशित