back
Close [x]
rudrakshaByavasayi Ad long banner

नागरिक लगानी कोषका नवनियुक्त कार्यकारी निर्देशक जिम्मा कार्की  

वि.सं.२०८३ भदौ ५ शुक्रवार

6 

shares
काठमाडौं । नागरिक लगानी कोषको कार्यकारी निर्देशक जिम्मा पर्वत कुमार कार्कीले पाएका छन् ।  नवनियुक्त कार्यकारी निर्देशक कार्कीले शुक्रबार पदबहालीसमेत गरेका हुन् ।
पदबहालीको अवसरमा उनले सुशासन र सेवा प्रवाहलाई प्रभावकारी रूपमा सञ्चालन गर्न कोषले गर्दै आएको कार्यलाई अझ चुस्त र पारदर्शी रूपमा अघि बढाउने बताए ।
साथै, कोषमा रहेको ठूलो फण्डलाई सरकारका प्राथमिकतामा रहेका परियोजना र उत्पादनशील क्षेत्रमा परिचालन गरी मुलुकको आर्थिक विकासमा कोषले योगदान पु¥याउन विशेष जिम्मेवारीको साथ कार्य गर्नुपर्ने समेत उल्लेख गरे ।
कार्कीले आफूले यो भन्दा अघि पनि कोषको कार्यकारी निर्देशकको जिम्मेवारीमा रही सकेकोले कोषको बारेमा आफू जानकार रहेको हुँदा आगामी दिनमा कोषलाई थप प्रभावकारी रूपमा अघि बढाउन आफू प्रतिबद्ध समेत गरेका छन् ।
कार्कीलाई  नेपाल सरकार, मन्त्रिपरिषद्को २०८३।०५।०३ गतेको बैठकले कोषको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

वि.सं.२०८३ भदौ ५ शुक्रवार १७:२७ मा प्रकाशित