back
Close [x]
rudrakshaByavasayi Ad long banner

सहरी सौन्दर्यीकरणलाई प्राथमिकता दिँदै बालकुमारी क्षेत्रमा कोरियो भित्तेचित्र (फोटोफिचर)

वि.सं.२०८३ असार १२ शुक्रवार

33 

shares

काठमाडौं । शहरी क्षेत्रलाई थप आकर्षक, व्यवस्थित र सांस्कृतिक पहिचानसहित विकास गर्ने उद्देश्यले बालकुमारी क्षेत्रका सडकमा भित्तामा स्थानीय संस्कृति र पहिचान झल्किने भित्तेचित्र धमाधम तयार भइरहेको छ । पछिल्ला वर्षहरूमा सहरी सौन्दर्यीकरणलाई केवल संरचना निर्माणमा सीमित नराखी कला, संस्कृति र सार्वजनिक स्थानको उपयोगसँग जोड्ने अभ्यास बढ्दै गइरहेका बेला यो पहललाई सकारात्मक रूपमा हेरिएको हो ।

व्यस्त सडक, बढ्दो सहरीकरण र कंक्रिट संरचनाबीच सार्वजनिक स्थानलाई जीवन्त बनाउने उद्देश्यसहित बालकुमारी क्षेत्रका विभिन्न भागमा स्थानीय परम्परा, सांस्कृतिक प्रतीक, ऐतिहासिक पक्ष र सामाजिक जीवनशैली झल्किने चित्रहरू कोरिएका हुन् । भित्तेचित्रमार्फत स्थानीय समुदायको पहिचानलाई दृश्य रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको बताइएको छ ।

यस प्रकारका कलात्मक संरचनाले केवल दृश्य सौन्दर्य बढाउने मात्र नभई स्थानीय बासिन्दामा आफ्नो क्षेत्रप्रति अपनत्वको भावना समेत विकास गर्ने अपेक्षा गरिएको छ । सार्वजनिक सडकका भित्ताहरूलाई व्यवस्थित ढंगले प्रयोग गर्दा अव्यवस्थित पोस्टर टाँस्ने, रंग बिगार्ने तथा फोहोर देखिने प्रवृत्तिमा समेत कमी आउने विश्वास गरिएको छ ।

स्थानीय कला तथा सिर्जनालाई सार्वजनिक स्थानमा ल्याउँदा कलाकारहरूलाई अवसर सिर्जना हुनुका साथै पर्यटन प्रवर्द्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको ललितपुर महानगरपालिकाले जानकारी दिएको छ । सहरी विकासका नयाँ अवधारणाअनुसार सडक, पार्क र सार्वजनिक संरचनालाई केवल उपयोगितामा नभई सांस्कृतिक अनुभवसँग जोड्ने अभ्यास विश्वका विभिन्न शहरमा बढिरहेको छ । त्यस्तै नेपालमा पनि पछिल्ला वर्षहरूमा यस्ता कला–आधारित सहरी हस्तक्षेपले गति लिन थालेका छन् ।

 

वि.सं.२०८३ असार १२ शुक्रवार १८:१४ मा प्रकाशित