काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा कुल रु. ११ अर्ब ९५ करोड १७ लाख मौज्दात रहेको छ ।
अर्थ मन्त्रालयका अनुसार भदौ २३ गते (सेप्टेम्बर ८) साँझ ५ बजेसम्म कोषका नौवटा रुपैयाँ खातामा रु. ८ अर्ब ७६ करोड ६९ लाख तथा दुईवटा अमेरिकी डलर खातामा २ करोड ११ लाख ८ हजार ४७१ अमेरिकी डलर मौज्दात रहेको छ।
अमेरिकी डलरलाई प्रतिडलर रु. १५०.८८ का दरले रूपान्तरण गर्दा कोषको कुल मौज्दात रु. ११ अर्ब ९५ करोड १७ लाख पुगेको मन्त्रालयले जनाएको छ।
रसुवा–भोटेकोशी बाढीपछि कोषमा संकलित रकम रु. ७ अर्ब ६८ करोड ४४ लाख तथा २ करोड ५ लाख २२ हजार ४२३ अमेरिकी डलर पुगेको छ। उक्त रकम विपद्अघिको कोषमा रहेको रु. २ अर्ब ८ करोड २४ लाख बाहेकको हो ।
भदौ २३ गते मात्रै कोषमा रु. ३० करोड ६२ लाख र १ लाख १२ हजार ३२ अमेरिकी डलर सहयोग प्राप्त भएको छ।
यसैबीच, राहत तथा उद्धार कार्यका लागि भदौ १६ गते राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई रु. १ अर्ब हस्तान्तरण गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
वि.सं.२०८३ भदौ २३ मंगलवार २१:५७ मा प्रकाशित



















