काठमाडौं । नेपालका लागि लिपमोटरको आधिकारिक वितरक सांग्रिला मोटर्स प्रा. लि.ले लिपमोटर बी१० को आपूर्ति तथा ढुवानी प्रक्रिया परिमार्जन गरेको छ । रसुवागढी नाकाबाट हुने नियमित आयात मार्गमा रसुवा क्षेत्रमा आएको बाढीका कारण अस्थायी अवरोध सिर्जना भएपछि कम्पनीले वैकल्पिक मार्गका रूपमा मुस्ताङस्थित कोरला नाका प्रयोग गर्न थालेको हो ।
ग्राहकलाई गाडी उपलब्ध गराउन ढिलाइ नहोस् भन्ने उद्देश्यले सांग्रिला मोटर्सले लिपमोटर बी१० को आयात कोरला नाकाबाट सुरु गरेको जनाएको छ । कम्पनीका अनुसार अब ढुवानी तथा भन्सार जाँचपासको प्रक्रिया तीव्र बनाइँदैछ र ग्राहकलाई गाडी डेलिभरी गर्ने कार्य पनि छिट्टै सुरु हुनेछ ।
नाइमा मोबिलिटी एक्स्पो तथा नाडा अटो शोमा लिपमोटर बी१० ले पाएको उत्साहजनक प्रतिक्रिया र उच्च बुकिङलाई ध्यानमा राख्दै कम्पनीले आपूर्ति व्यवस्थालाई प्राथमिकतामा राखेको हो । मागअनुसार समयमै गाडी उपलब्ध गराउन कोरला नाकाबाट हुने ढुवानी प्रक्रियालाई अघि बढाइएको कम्पनीले जनाएको छ ।
बजेट भाषणपछि मूल्य घटेसँगै लिपमोटर बी१० नेपाली बजारमा थप आकर्षणको केन्द्र बनेको छ। हाल यसको मूल्य रु. ५४ लाख ९९ हजार कायम गरिएको छ।
लिपमोटर बी१० मा १६० किलोवाट क्षमताको रियर–ह्विल ड्राइभ मोटर र ६७।१ किलोवाट आवरको ब्याट्री रहेको छ। कम्पनीका अनुसार यसले एकपटकको पूर्ण चार्जमा ६०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्छ। गाडीमा १८० मिमिको ग्राउण्ड क्लियरेन्स दिइएको छ।
त्यसैगरी, बी१० मा १४.६ इन्चको २.५ के एचडी टचस्क्रिन, एन्ड्रोइड अटो तथा एप्पल कारप्ले कनेक्टिभिटी, रेकर्डिङ सुविधासहितको ३६० डिग्री क्यामेरा, हिटर तथा भेन्टिलेसन सुविधासहितको प्रिमियम लेदरेट सिट र सनसेडसहितको प्यानोरामिक सनरूफलगायतका सुविधा उपलब्ध छन्।
उच्च रेन्ज, आधुनिक प्रविधि र प्रतिस्पर्धी मूल्यका कारण लिपमोटर बी१० नेपाली ईभी बजारमा लोकप्रिय हुँदै गएको कम्पनीको दाबी छ। आपूर्ति मार्गमा आएको अस्थायी अवरोधका बीच वैकल्पिक नाका प्रयोग गरेर बुकिङ भएका गाडीहरू छिटो ग्राहकसम्म पुर्याउने तयारी कम्पनीले गरेको छ।
वि.सं.२०८३ भदौ २० शनिवार १०:१३ मा प्रकाशित



















