काठमाडौं — राजधानीको भृकुटीमण्डपमा आयोजना भइरहेको नाडा अटो शो-२०२६ ले नेपाली अटोमोबाइल बजारमा छुट्टै रौनक थपेको छ। विद्युतीय सवारीका नयाँ मोडल र प्रविधिप्रतिको बढ्दो आकर्षणले प्रदर्शनीस्थललाई उत्सवमय बनाएको छ । अटोमोबाइलप्रेमीदेखि नयाँ सवारी किन्न चाहने ग्राहकसम्मको बाक्लो उपस्थितिले शोको आकर्षण झनै बढाएको हो ।
प्रदर्शनीस्थलमा प्रवेश गर्ने बित्तिकै विभिन्न ब्रान्डका आकर्षक स्टल र नयाँ पुस्ताका सवारीसाधनले आगन्तुकको ध्यान खिचिरहेका छन् । साथै, यसपटकको अटो शोमा विद्युतीय सवारीसाधन ९ईभी० मुख्य आकर्षण बनेको पाइन्छ । आकर्षक मूल्य, लामो रेन्ज, अत्याधुनिक सुरक्षा प्रणाली र ईभीको स्मार्ट फिचरबारे जानकारी लिन ग्राहकहरू स्टलमा झुम्मिएका देखिन्छन् ।
ईभीसँगै पेट्रोल तथा हाइब्रिड सवारीका नयाँ मोडलले पनि दर्शकको ध्यान तानेका छन् । परिवारसहित आएका आगन्तुकदेखि अटोमोबाइल क्षेत्रमा रुचि राख्ने युवासम्मको सहभागिताले प्रदर्शनीलाई थप जीवन्त बनाएको आयोजक टिमले बत्ताएको छ ।

यस्तै, इन्धनबाट विद्युतीय प्रविधितर्फ बढिरहेको बजार, स्मार्ट सवारीप्रतिको आकर्षण र उपभोक्ताको बदलिँदो रोजाइ प्रदर्शनीका हरेक स्टलमा देख्न सकिन्छ। नाडाले उद्योग देखि रोजगारसम्मका विषयलाई प्राथमिकता दिएर आयोजना गरेको यो अटो शोले नेपाली सडकमा अब गाडी मात्र गुडिरहेका छैनन्, प्रविधि र नयाँ पुस्ताको चाहना पनि सँगसँगै अघि बढिरहेको देखाएको छ।







वि.सं.२०८३ भदौ १५ सोमवार ११:१९ मा प्रकाशित



















