back
Close [x]
rudrakshaByavasayi Ad long banner

राष्ट्रिय सूचना आयोगमा प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि आवेदन खुला

वि.सं.२०८३ साउन २२ शुक्रवार

15 

shares

काठमाडौं ।   राष्ट्रिय सूचना आयोगमा रिक्त रहेको प्रमुख सूचना आयुक्त एक जना र सूचना आयुक्त दुई जना पदमा नियुक्तिका लागि दरखास्त आह्वान गरिएको छ। राष्ट्रिय सूचना आयोगका पदाधिकारी नियुक्ति सिफारिस समितिको सचिवालयले सूचना प्रकाशित गर्दै योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो।

समितिले सार्वजनिक गरेको सूचनाअनुसार आयोगमा एक जना प्रमुख सूचना आयुक्त र दुई जना सूचना आयुक्त नियुक्तिका लागि प्रक्रिया अघि बढाइएको छ ।
दुई जना सूचना आयुक्तमध्ये कम्तीमा एक जना महिला रहने व्यवस्था गरिएको छ। इच्छुक उम्मेदवारले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवेदन दिनुपर्ने छ ।

आवेदनका लागि व्यक्तिगत विवरण, तोकिएको योग्यता पुष्टि हुने प्रमाणित प्रतिलिपिलगायत आवश्यक कागजात संलग्न गर्नुपर्ने सूचनामा उल्लेख छ। सूचनाअनुसार दरखास्त आह्वान पहिलो पटक २०८३ साउन २३ गते प्रकाशित गरिएको हो भने आवेदन बुझाउने अन्तिम मिति २०८३ साउन २९ गते तोकिएको छ।

वि.सं.२०८३ साउन २२ शुक्रवार २१:३१ मा प्रकाशित